शीर्षकहरू

बीआरआई ऋणमा लिनहुँदैन, अनुदानको प्रतिशत बढी हुनुपर्छः सिंह

बीआरआई ऋणमा लिनहुँदैन, अनुदानको प्रतिशत बढी हुनुपर्छः सिंह

काठमाडौं । भारतका लागि पूर्व नेपाली राजदूत डा. दुर्गेशमान सिंहले परराष्ट्र मामिलालाई देशको आन्तरिक राजनीतिको खेलको रुपमा लिन नहुने धारणा राखेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारले हालै विभिन्न देशका राजदूत फिर्ता बोलाउने काम गरेको र ती देशमा नयाँ राजदूतहरु नियुक्त गरेको प्रसंगमा यस्तो टिप्पणी गरेका हुन् । 

उनले भने,‘यसले अस्थिरता निम्तिन्छ । अस्थिरता भयो भने देश विकास हुँदैन् । नेपालको संविधानअनुसार स्थायी सरकार आउने परिकल्पना नै गर्न सकिँदैन् ।’ उनले पनि बीआरआई अनुदानमा लिँदा नै नेपालको हित हुने धारणा राखे । 

उनले भने,‘बीआरआई ऋणमा लिनहुँदैन् । तर, विश्व बैंकले दिएजस्तै कम व्याजदरमा भए लिनुपर्छ । चीन ठूलो देश भएकोले अनुदानमा दिँदा राम्रो हुन्छ । चीनले विकासको थालनी र अगुवाई गरेको छ । बीआरआईमा अनुदानको प्रतिशत बढि हुनुपर्छ ।’