शीर्षकहरू

भारतले प्याजको मूल्य बढ्न नदिन ७१ हजार टन प्याज बफर स्टक राख्यो

भारतले प्याजको मूल्य बढ्न नदिन ७१ हजार टन प्याज बफर स्टक राख्यो

एजेन्सी । भारत सरकारले यो वर्ष हालसम्म ७१ हजार टन प्याज बफर स्टकका लागि खरिद गरेको छ । मूल्य स्थिरताका लागि सरकारले ५ लाख टन प्याज खरिद गर्ने लक्ष्य राखेको छ । सरकारले देशका अधिकांश भागमा मनसुनको प्रगतिसँगै प्याजको खुद्रा मूल्य घट्ने अनुमान गरेको छ ।

उपभोक्ता मामिला विभागको तथ्याङ्क अनुसार, शुक्रबार अखिल भारतीय औसत प्याज खुद्रा मूल्य प्रति किलो ३८.६७ रुपैयाँ भारु थियो । जबकि मोडेल मूल्य प्रति किलो ४० रुपैयाँ भारु थियो। गत आवको सोही अवधिमा सरकारले ७४ हजार ७१ टन प्याज खरिद गरेको थियो ।

गत वर्षको सोही अवधिमा ७४ हजार ७१ टन प्याज खरिद भएकोमा गत असार २० गतेसम्म केन्द्र सरकारले ७० हजार ९८७ टन प्याज खरिद गरेको विभागका एक वरिष्ठ अधिकारीले जानकारी दिए । ती अधिकारीले भने, ‘यो वर्ष मूल्य स्थिरीकरणका लागि प्याज खरिदको गति गत वर्षको जस्तै छ । उत्पादन करिब २० प्रतिशतले घटेको छ ।