शीर्षकहरू

करिब ६ महिनादेखि रोकिएको बढायो सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया अघि बढ्यो

करिब ६ महिनादेखि रोकिएको बढायो सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया अघि बढ्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया अघि बढाएको छ । गत पुस १९ गतेपछि बोर्ड अध्यक्ष पद खाली भएसँगै रोकिएको सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया असार ७ गते हिमालयन उर्जा विकास कम्पनीलाई हकप्रद शेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेसँगै अघि बढेको हो । हिमालयन विकास कम्पनीलाई बोर्डले शतप्रतिशत हकप्रद शेयर प्रदान गर्न अनुमति प्रदान गरेको हो । 

हाल कायम चुक्तापूँजी ९९ करोड रूपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि कम्पनीले बोर्डको अनुमति पाएको हो । शतप्रतिशत हकप्रद पछि कम्पनीको चुक्तापूँजी १ अबृ ९८ करोड रूपैयाँ कायम हुनेछ । यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

बोर्ड अध्यक्ष नियुक्ती प्रक्रिया अन्योलको अवस्थामा रहेको छ । हाल बोर्ड अध्यक्ष सरह जिम्मेवारी पुरा गर्ने गरी अर्थमन्त्रालयबाट सञ्चालन समितिमा प्रतिनिधित्व गरेका नरेन्द्र कुमार रानाले पुरा गरिरहेका छन् । पछिल्लो समय धितोपत्र सम्बन्धी ऐन संशोधन गरी नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने व्यक्तिले अध्यक्ष नियुक्त नभएसम्मको लागि जिम्मेवारी पुरा गर्ने व्यवस्था गरिएको हो ।