शीर्षकहरू

दुई महिनामै भित्रिए ४ हजार ३०० विद्युतीय गाडी, जेठमा वैशाखभन्दा दोब्बर आयात

दुई महिनामै भित्रिए ४ हजार ३०० विद्युतीय गाडी, जेठमा वैशाखभन्दा दोब्बर आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ का पछिल्ला दुई महिनामा विद्युतीय गाडीको आयात ह्वात्तै बढेको छ । नयाँ आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत् सरकारले विद्युतीय गाडीको कर बढाउन लागेको सूचना पाएपछि व्यापारीहरुले विद्युतीय गाडीको आयात ह्वात्तै बढाएका हुन् ।

भन्सार विभागका अनुसार वैशाख र जेठमा मात्रै चार हजार ३७३ वटा विद्युतीय गाडी भित्रिएका छन् । वैशाखमा  एक हजार ४०४ विद्युतीय गाडी आयात भएकोमा जेठमा उक्त संख्या दोब्बरले बढेर दुई हजार ९६९ पुगेको हो । यो यस वर्षको मात्रै हालसम्मकै उच्च आयात हो ।

विभागका अनुसार चालु आवको ११ महिनामा अर्थात् जेठ मसान्तसम्म २९ अर्ब रुपैयाँ बराबरको ११ हजार ४ सय ६६ युनिट ईभी (कार, जिप, भ्यान) भित्रिएका छन् ।