शीर्षकहरू

एक्सेल डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, मर्जर तथा प्राप्तिको प्रस्ताव

एक्सेल डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, मर्जर तथा प्राप्तिको प्रस्ताव

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असार २९ गते १८औं वार्षिक साधारण सभा बोलाएको छ । असार ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सिद्धार्थ होटल, विर्तामोड, झापामा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सञ्चालक नियुक्तीको अनुमोदनको कार्यक्रम समेत सभाका लागि तय भएको छ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १७ गतेदेखि असार २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार १६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।