शीर्षकहरू

सिटिजन्स बैंकले बिक्रीमा ल्यायो संस्थापक शेयर

सिटिजन्स बैंकले बिक्रीमा ल्यायो संस्थापक शेयर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १ लाख ६१ हजार ५८० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख ५ हजार कित्ता विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । 

५६ हजार ५८० दशमलव ७८ कित्ता शेयरका लागि सर्वसाधारणले समेत आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रूपैयाँ तोकिएको यी शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र र सर्वसाधारण लगानीकर्ताले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको शेयर खरिदका लागि आगामी सातदिनभित्र आवेदन पेश गर्नुपर्नेछ । ५६ हजारभन्दा बढी कित्ता शेयर यस अघि बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । 

सो समयमा बिक्री हुन नसकेपछि सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र जारी भएको १ लाखभन्दा बढी कित्ता शेयर खरिदका लागि तोकिएको अवधिभित्र आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्रीका लागि प्रक्रिया अघि बढाईनेछ । इच्छुक खरिदकर्ताहरूले दुबै तर्फको शेयर खरिदका लागि तोकिएको मितिभित्र बैंकको कन्द्रिय कार्यालय नारायणहिटी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।