शीर्षकहरू

गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी समस्याग्रस्त घोषणा

गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी समस्याग्रस्त घोषणा

काठमाडौं । ललितपुरको गोरखा सेभिङ एण्ड क्रेडिट सहकारीलाई समस्याग्रस्त घोषणा भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले बिहीबार ललितपुर महानगरपालिका वडा नं. १४ ताल्छिखेलमा रहेको उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । 

‘सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने तपसिलमा उल्लेखित सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारवाही हुँदा सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको व्यहोरा यस मन्त्रालयको मिति २०८१/३/६ को निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ’, मन्त्रालयको सूचनामा उल्लेख छ ।