शीर्षकहरू

कृषिमन्त्रीले भनिन्– किसानलाई मलको अभाव हुँदैन

कृषिमन्त्रीले भनिन्– किसानलाई मलको अभाव हुँदैन

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले किसानलाई मलको अभाव नहुने दाबी गरेकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत कृषि तथा पशुपन्छीसम्बन्धी विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाफ दिँदै उनले धान रोपाइमा किसानलाई मल अभाव नहुने र किसानलाई समयमै मल वितरण गर्न मन्त्रालय लागेको बताएकी हुन् । 

उनका अनुसार चालु आर्थिक वर्षको रु २८ अर्ब ६७ करोड अनुदानका लागि विनियोजित बजेटबाट रु छ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा पाउन सकिने भएकोछ । साथै दुई लाख मेट्रिकटन मलको बोलपत्र आह्वान भइसकेको उनले जानकारी दिइन् ।

गत जेठ २८ सम्म तीन लाख ९० हजार मेट्रिक टन मल आयात भएकोमा तीन लाख ६७ हजार मेट्रिक टन मल बिक्री वितरण भएको छ । गत वर्षको समेत गरी कूल ९६ हजार मेट्रिक टन मल मौज्दात रहेको उनले जानकारी दिइन् ।