शीर्षकहरू

लर्निङ पार्क एजुकेशन सर्भिसेजले विद्यार्थी लक्षित कार्यक्रम गर्ने

लर्निङ पार्क एजुकेशन सर्भिसेजले विद्यार्थी लक्षित कार्यक्रम गर्ने

काठमाडौं । लर्निङ पार्क एजुकेशन सर्भिसेजले एडमिशन हप्ता कार्यक्रमको आयोजना गर्ने भएको छ । काठमाडौंको लर्निङ पार्कको प्रमुख कार्यालयमा आगामी जुन २४ देखि जुन २८ सम्म युके एडमिशन हप्ताको आयोजना गरिने भएको हो ।  

लर्निङ पार्क एजुकेशन सर्भिसेजका अनुसार कार्यक्रममा युके विश्वविद्यालयका प्रतिनिधिहरू उपस्थित हुनेछन् । यसमा भाग लिन विद्यार्थीहरूले आफ्नो शैक्षिक योग्यता, कलेज र विश्वविद्यालय छनोट, छात्रवृत्ति अवसर लगायतका जानकारी पाउनेछन् । 

विद्यार्थीहरूलाई युकेको भिसा प्रक्रियासम्बन्धी जानकारी र सहयोग समेत प्रदान गरिनेछ । सहभागी हुन चाहने विद्यार्थीहरूले अग्रिम दर्ता गर्नुपर्नेछ । दर्ता प्रक्रियाका लागि लर्निङ पार्कको वेबसाइट वा कार्यालयमा सम्पर्क गर्न सकिने लर्निङ पार्क एजुकेशन सर्भिसेजले जनाएको छ ।