शीर्षकहरू

नेप्सेमा ६२ हजार कित्ता बोनस शेयर सूचीकृत

नेप्सेमा ६२ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर सूचीकृत भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । 

बिहीबार कम्पनीको १० प्रतिशत बोनस बापतको ६२ हजार ३३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । गत आवको मुनाफाबाट कम्पनीले आफ्ना सेयरधनीलाई वितरण गरेको १० प्रतिशत बोनस सूचीकृत भएको नेप्सेले जनाएको छ ।