शीर्षकहरू

नेपाल-भारत सीमामा काँडेटार लगाऊँ, पासपोर्ट सिस्टम लागू गरौँ : सांसद पन्त

नेपाल-भारत सीमामा काँडेटार लगाऊँ, पासपोर्ट सिस्टम लागू गरौँ : सांसद पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाल-भारतको सीमामा काँडेटार लगाउनुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभामा बोल्दै उनले लगातार तराईमा मान्छे मारिएको, दिउँसै गोली हानिएका समाचार आइरहेकाले त्यसको कारण खुला सीमा भएको बताए ।

जसकारण खुला सीमालाई नियन्त्रण गर्नैपर्ने उनको भनाइ छ । एकैचोटी पासपोर्ट सिस्टम लागू गर्न नसके पनि चरणबद्ध त्यसतर्फ जानुपर्ने उनले बताए । ‘केही दिनदेखि लगातार तराईमा मानिस मारिएका, दिउँसै गोली हानिएका समाचारहरू आइरहेका छन् । यसको मूल कारण खुला सीमाना हो,’ उनले भने, ‘त्यसैले खुला सिमानालाई एउटा स्वतन्त्र देशले नियमित गर्नैपर्छ, नियन्त्रित गर्नैपर्छ । हामी एकैचोटी पासपोर्ट सिस्टम लागू गर्ने चरणमा नजाउँला । तर, राष्ट्रिय परिचय पत्र दिन थालिएको छ । नागरिकता पनि दिइरहेको छ । उताबाट आउँदा पनि आधार कार्ड हेर्न सकिन्छ । यताबाट जाँदा पनि नागरिकताको प्रतिलिपी हेर्न सकिन्छ ।'

यसरी सुरु गरेर विस्तारै काँडेतार लगाउँदै सीमालाई व्यवस्थित गर्नुपर्ने र अन्तत: पासपोर्ट सिस्टममा जानुपर्ने उनले बताए ।