शीर्षकहरू

नेपालका खेलाडीसँग झगडा गर्ने बंगाली खेलाडी आईसीसीको कारबाहीमा परे

नेपालका खेलाडीसँग झगडा गर्ने बंगाली खेलाडी आईसीसीको कारबाहीमा परे

एजेन्सी । वेष्ट इण्डिजमा जारी आईसीसी टी २० विश्वकप खेलमा नेपालको क्यापटेन रोहित पौडेलसँग झगडा गर्ने  बंगलादेश खेलाडी तान्जिम हसन सकिब कारबाहीमा परेका छन् । उनलाई आईसीसीले कारबाही गरेको हो ।

खेलको तेस्रो ओभरमा नेपालका कप्तान रोहित पौडेलसँग उनले खेलकै बीच अनावश्यक विवाद गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सकिबलाई आईसीसी आचारसंहिताको २.१२ को नियम उल्लंघन गरेको भन्दै उपाउने म्याच फिको १५ प्रतिशत जरिवाना गराएको हो ।