शीर्षकहरू

आन्दोलनरत ट्यांकर मजदुरसँग सहमति, पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने

आन्दोलनरत ट्यांकर मजदुरसँग सहमति, पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने

काठमाडौं । सरकार र आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायीबिच सहमति भएको छ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले विभिन्न सात बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेका थिए । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा व्यवसायी र सरकारबीच वार्ता भएको हो । नेपाल आयल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिन भित्र मजदुरका माग सम्बोधन गर्ने सहमति भएको छ । उक्त सहमतिसँगै आजदेखि नै पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने भएको छ ।  

आयल निगममा लामो समयदेखि ट्याङ्कर चालक मजदुरहरू आवश्यक सेवा सुविधाबिना नै काम गर्न बाध्य रहेको र यो समस्या समाधानका लागि लामो समयदेखि अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलित हुनुपरेको पेट्रोलियम ट्याङ्कर चालक संघले जनाएको छ । उनीहरूले हडताल गरे पनि उपत्यकाका पेट्रोलपम्पहरुमा सवारी साधनको चर्को लाइन देखिएको थियो ।