शीर्षकहरू

तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा, कुनको कति ?

तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा, कुनको कति ?

काठमाडौं । सोमवार तीन कम्पनीहरूले संस्थापक शेयर बिक्रीका लागि सूचना जारी गरेका छन् । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ५२ हजार ३५८ कित्ता, कामना सेवा विकास बैंकले ७८ हजार ३१९ कित्ता र किसान लघुवित्त वित्तीय संस्था लिमिटडले १२ हजार ४८८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हुन् ।

तीन कम्पनीको यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउनेछन् । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र सम्बन्धित कम्पनीको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । सुर्योदय वोमी लघुवित्तको शेयर खरीदका लागि केन्द्रिय कार्यालय महालक्ष्मी, ललितपुर वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

त्यस्तै, कामना सेवा विकास बैंकको शेयर खरीदका लागि केन्द्रिय कार्यालय ज्ञानेश्र, काठमाडौ र किसान लघुवित्तको शेयर खरीदका लागि केन्द्रिय कार्यालय लम्कीचुहा, कैलालीमा आवेदन पेश गर्नुपर्नेछ । यी तीनओटै कम्पनीको शेयर तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री नभएमा दोस्रो चरणमा सर्वसाधारणमा जारी गर्ने जानकारी कम्पनीहरूले दिएका छन् ।