शीर्षकहरू

नेपाल बंगलादेशसँग २१ रनले पराजित

नेपाल बंगलादेशसँग २१ रनले पराजित

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । १०७ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा ८५ रन बनाएर अलआउट भएको हो ।

अमेरिका र वेस्ट इन्डिजमा जारी टी-ट्वान्टी विश्वकपमा नेपालले पहिलो खेल नेदरल्यान्डसँग खेलेको थियो । ६ विकेटले पराजित भयो । श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएकोमा तेस्रो खेल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएसँगै नेपाल टी-ट्वान्टी विश्वकपमा समूह डीमा रहेको नेपाल सुपर-८ बाट बाहिरिएको थियो ।

नेपालविरुद्ध जित हासिल गरेपछि बंगलादेश सुपर-८ मा पुगेको छ। 

सेन्ट भिसेन्टमा समूह चरणको अन्तिम खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालले बंगलादेशविरुद्ध उत्कृष्ट बलिङ गरेकोमा ब्याटिङमा भने राम्रो प्रदर्शन गर्न सकेन ।

आजको खेलमा कप्तान रोहित पौडेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले बंगलादेशको २-२ विकेट लिए । 

त्यसपछि ब्याटिङ बंगलादेशका लागि तान्जिम हसन शाकिबले सर्वाधिक ४ विकेट लिए । यस्तै स्ताफिजुर रहमानले ३, शाकिब अल हसनले २ तथा तास्किन अहमदले १ विकेट लिएका थिए ।