शीर्षकहरू

इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सिद्धार्थ बैंकको एक करोडको सहयोग

इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सिद्धार्थ बैंकको एक करोडको सहयोग

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले निर्माण भइरहेको हेपाली हाइट स्थित काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई सहयोग स्वरुप रु. १ करोड प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । बालबालिकाहरुका उचित र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंक्ले उक्त सहयोग गरेको हो । 

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र अस्पतालका अध्यक्ष तथा वरिष्ठ मुटु शल्यचिकित्सक प्रा. डा. भगवान कोइरालाले हस्ताक्षर गरेका छन् । बालबालिकाहरु राष्ट्रका कर्णधार हुन्र राष्ट्रको उज्जवल भविष्य बालबालिकाहरुको स्वास्थ्यमा निर्भर हुने मान्यताको साथ बैंकले यस कल्याणकारी कार्यमा सहभागिता जनाएको हो । 

यस सहयोगलेबाल स्वास्थ्य क्षेत्रमा उचित र गुणस्तरीय सेवा प्रदान गर्न अहम्भुमिका खेल्नेछ भन्ने विश्वास बैंकले लिएको छ । बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुर्याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ ।