शीर्षकहरू

नेपालविरुद्ध १०६ रनमै बंगलादेश अलआउट

नेपालविरुद्ध १०६ रनमै बंगलादेश अलआउट

काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा नेपालविरुद्ध बंगलादेश १०६ रनमा समेटिएको छ । १९.२ ओभरमा सबै विकेट गुमाउँदै बंगलादेशले नेपाललाई १ सय ७ रनको कमजोर लक्ष्य प्रस्तुत गरेको छ ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित अर्नोस भाले स्टेडियममा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । ब्याटिङ निम्तो पाएको बंगलादेशले नेपाली बलर हाबी हुँदा राम्रो प्रदर्शन गर्न सकेन ।

आजको खेलमा कप्तान रोहित पौडेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले बंगलादेशको २-२ विकेट लिए । 

झिनो लक्ष्य पाएको नेपाल यतिबेला ब्याटिङ गरिरहेको छ । क्रिजमा आशिफ शेख र कुशल भुर्तेल ओपनिङ ब्याटिङ गरिरहेका छन् ।