शीर्षकहरू

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ६४ हजार कित्ता संस्थापक शेयर बिक्री खुल्यो

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ६४ हजार कित्ता संस्थापक शेयर बिक्री खुल्यो

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले ६४ हजार ६१२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले कुमारी बैंकको स्वामित्वमा रहेको उक्त शेयर असार २ गतेदेखि बिक्रीमा ल्याएको हो । 

प्रतिकित्ता २७५ रूपैयाँ तोकिएको यी शेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीसँगै सर्वसाधारणले असार ९ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गर्दै आवेदन पेश गर्न सकिने व्यवस्था छ । 

तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र असार १० गते विहान विक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय नागपोखरी, नक्सालमा खोलिने जानकारी कम्पनीले दिएको छ ।