शीर्षकहरू

नेशनल फण्ड म्यानेजमेन्टले असार १९ गतेदेखि हकप्रद बिक्री गर्ने

नेशनल फण्ड म्यानेजमेन्टले असार १९ गतेदेखि हकप्रद बिक्री गर्ने

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले असार १९ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव जेठ २५ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गरेको हो । 

जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीद गर्न पाउने निर्णय कम्पनीको सञ्चालक समितिले गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ५४ करोड रूपैयाँको आधारमा २७ करोड रूपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्न लागेको हो । 

प्रतिशेयर ५० रूपैयाँ अंकित मूल्यमा कम्पनीले हकप्रद शेयर विक्री गर्न लागेको हो । सम्बन्धित शेयरधनीहरूले आफ्नो स्वामित्वको हकप्रद शेयर खरीदका लागि साउन २२ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।

हकप्रद शेयर खरीद वापत्को रकम कम्पनीको सानिमा बैंक नक्साल,काठमाडौंको शाखामा रहेको खाता नम्बर ९१००१००१००००२४६ मा जम्मा गरी संकल भौचर कम्पनीको कार्यालयमा बुझाउनुपर्नेछ । कम्पनीको कार्यालय कुपण्डोल, ललितपुरमा रहेको छ ।