शीर्षकहरू

नबिल म्युचुअल फण्ड परिपक्व:  रकम फिर्ता भुक्तानी हुन थाल्यो

नबिल म्युचुअल फण्ड परिपक्व:  रकम फिर्ता भुक्तानी हुन थाल्यो

काठमाडौं । नबिल म्युचुअल फण्डले सञ्चालित विभिन्न योजनाहरुका रकम फिर्ता भुक्तानी र पुरानो प्रतिफल लिन बाँकी रहेका इकाईधनीहरुलाई  लिन अनुरोध गरेको छ । नबिल म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड १ २०७४ चैत २९ मा र नबिल इक्वीटी फण्ड २०८० कात्तिक १८ मा परिपक्व भएका थिए । 

 परिपक्व भएपछि  सामूहिक लगानी कोषको ब्यवस्थाअनुसार अन्तिम कायम  प्रति इकाई खरद सम्पत्ति मूल्यका आधारमा कर कट्टा गरी आएको फिर्ता रकमलाई अभौतिक रुपमा धारण गरेका इकाईधनीहरुलाई बैंकमा र भौतिक शेयर प्रमाणपत्र भएकालाई चेक मार्फत वितरण गरेको योजनाले जानकारी दिएको छ । हालसम्ममा पनि यी दुई योजनाहरु परिपक्व भएको समयसम्म कायम रहेका इकाईधनीहरुले रकम भुक्तानी फिर्ता नभएको  भए कार्यालयमा सम्पर्क राखी रकम प्राप्त गर्नेछन् । 

साथै खारेज भएका नबिल ब्यालेन्स्ड फण्ड १, नबिल इक्वीटी फण्ड र सञ्चालनमा रहेको नबिल ब्यालेन्स्ड फण्ड २ ले विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको नगद लाभांश रकम लिन बाँकी इकाईधनीले आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि मात्रै प्राप्त हुने फण्डले जानकारी दिएको छ ।

 साथै भौतिक शेयर प्रमाणपत्र भएका इकाईधनीहरुले आफ्नो सक्कल भौतिक शेयर प्रमाणपत्र र परिचयपत्र सहित  योजनाको कार्यालयमा सम्पर्क राखी निवेदन दिन सक्नेछन् । कोष प्रबद्र्धक नबिल बैंक रहेको छ भने योजना ब्यवस्थापक एवं डिपोजिटरी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।