शीर्षकहरू

असार ३ गते सार्वजनिक बिदा

असार ३ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले अगामी असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

‘इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ साल असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।