शीर्षकहरू

काठमाडौं  उपत्यकामै खेताला शिक्षक !

काठमाडौं  उपत्यकामै खेताला शिक्षक !

काठमाडौं ।  काठमाडौं  उपत्यकाकै एक विद्यालयमा खेताला शिक्षक भेटिएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा उजुरी परेको छ ।

श्रमजित किशोर माबि लुखुशी ललितपुरमा खेताला शिक्षक भेटिएका हुन् । श्रमजित किशोर माबि लुखुशी ललितपुरमा मावी तृतीय श्रेणीका विज्ञान शिक्षक राजेन्द्र राज पौडेलले अशोक यादवलाई  खेताला  शिक्षक  राखी वर्षौँदेखि अवैध तवरले तलव खादै आएको भन्दै एक पूर्व शिक्षकले शिक्षामन्त्री सुमना श्रेष्ठलाई पत्रमार्फत् जानकारी गराउँदै कारबाहीको माग गरेका छन् ।

उनले मन्त्री श्रेष्ठलाई पत्रसँगै विद्यालयको अध्यापन तालिका (रुटिन) समेत पठाएका छन् ।

'श्री श्रमजित किशोर माबि लुखुशी ललितपुरमा मावी तृतीय श्रेणीका विज्ञान शिक्षक राजेन्द्र राज पौडेलले खेताला  शिक्षक  राखी वर्षौँदेखि  नियम विपरित कार्य गर्दै  आएकोले उनलाई नियमबमोजिम कारबाही गरिपाऊँ,' पत्रमा भनिएको छ, 'साथै खेताला शिक्षक अशोक यादवलाई निजी स्रोतको  शिक्षक भनी ढाकछोप गर्ने विद्यालयका सम्बन्धित सबैलाई कानुनबमोजिम कारबाही गरिपाऊँ ।'