शीर्षकहरू

वीर अस्पतालका निर्देशक डा पौडेल नियमविपरीत औषधि पसल चलाउँदै

वीर अस्पतालका निर्देशक डा पौडेल नियमविपरीत औषधि पसल चलाउँदै

 काठमाडौं । वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले  नियमविपरीत  औषधि पसल चलाउदै गरेको प्रमाण आर्थिकन्युजलाई प्राप्त भएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रष्ठिान वीर अस्पतालका निर्देशक डा पौडेल कर्मचारी भएर नियम विपरित औषधि पसल सञ्चालन गर्दै आएका छन् । डा पौडेल  अल्का हस्पिटल फार्मेसीको शेयर सदस्य  र सञ्चालक तथा अध्यक्ष समेत रहेको छन । उक्त विषयमा डा. पौडेलसँग प्रतिक्रिया लिँदा उनले उक्त फार्मेसी आफ्नो नभएको प्रतिक्रिया दिए ।

उक्त फार्मेसीको  प्रालि  दर्ता न  २४८७८२/०७७/०७८  कम्पनी रजिस्ट्रार कार्यालय २०७९/९/१ गते रहेको छ । उक्त फार्मेसीका सञ्चालक र अध्यक्षको रुपमा  बुझाएको प्रमाणित कागजपत्रमा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका  वडा न ३ का पुण्यप्रसाद पौडेलका छोरा सन्तोष पौडेल उल्लेख छ ।

उक्त फार्मेसीमा  नागरिकता  प्रमाणपत्र नम्बर १०६६२८ जिप्रका कास्की प्रयोग गरि अल्का हस्पिटल फार्मेसीमा शेयर संख्या कित्ता न ३७००१ देखि ७४००० सम्म जम्मा ३७००० कित्ता शेयर रहेको उनको नाममा रहेको छ । 

 कम्पनी रजिस्ट्रार कार्यालयलाई २०८० भदौ १४ गते अध्यक्षको रुपमा हस्ताक्षर सहित पेस गरेको शेयर लागतमा सन्तोष पौडेलको शेयर कित्ता नम्बरदेखि  ३७००१/१७४००१ सम्म ७४०००/२४८००० जम्मा ३७००००० मिति २०७९ पुष १ गते  र ७४००००० मिति २०८० भदौ ११गते रहेको देखिन्छ । अल्का हस्पिटल फार्मेसीको २०७९ साल पौष ३ गते बसेको बैठकमा सन्तोष पौडेल सञ्चालक र शेयरधनी भनेर उपस्थितिमा नाम समेत देखिएको छ ।

सोही बैठकले अल्का हस्पिटल फार्मेसीले  कम्पनी रजिस्ट्रारको कार्यालयमा पेश गर्नुपर्ने कम्पनी ऐन २०६३ को दफा ५१(३) बमोजिमको विवरण को (ञ) मा बहालवाला सञ्चालकको नाम ठेगाना को १ नमा  सन्तोष पौडेल  संञ्चालक र शेयरधनी, ठेगाना कास्की जिल्ला अन्नपूर्ण गाउपालिका वडा न ३ भनी प्रमाणित पत्र  कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएको छ । 

२०७९ मंसिर २८ गते अल्का फार्मेसीले कम्पनी ऐन २०६३ को  ९२९१० संग सम्बन्धित विवरणमा पेश गर्ने विवरण मा १ नमा  सन्तोष पौडेल नाम संञ्चालक र शेयरधनीको रुपमा र उनकै ठेगान उल्लेख  छ ।  कर्मचारी संकेत न १९३४०१० सहप्राध्यापक वरिष्ठ कन्सल्टेण्ट अर्थोपेडिक सर्जन अधिकृत दशौ तहका  कर्मचारी रहेका डा पौडेल  नेपाल सरकारको कर्मचारी र  वीर अस्पतालको निर्देशक जस्तो पदमा बसेर स्वास्थ्य सम्बन्धी व्यापार  व्यवासाय ,कम्पनी दर्ता गरि सञ्चालन गर्नु गैरकानुनी रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उजुरी समेत दर्ता भएको छ ।

उनले नेपाल स्वास्थ्य सेवा ऐन  २०५३ को दफा ५९ विपरीत,नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को विविध नियम ११२ विपरित, निजामती ऐन २०४९ दफा ४८ (क) मा कुनै बैक वा कम्पनीको स्थापना,रजिस्टेशन वा सञ्चालनको काममा भाग लिन नपाउने काुननी व्यबस्था रहेको छ । 

निजामती सेवा नियमावली २०५० को नियम ११७ विपरीत,भ्रष्टाचार निवारण ऐन २०५९  दफा १४ मा गैरकानुनी व्यापार व्यावसाय गर्ने राष्ट्र सेवकलाई  आफ्नो वा अरुको नाममा कुनै फर्म वा कम्पनी वा संस्थाको हिस्सेदार भएमा कसुर अनुसार कैद वा जरिवाना हुने ब्यवस्था छ । उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सह प्राध्यापक (शिक्षक) पनि हुन् । सो कारण प्रतिष्ठान शिक्षक नियमावली २०६४ को नियम १०९ को पनि विपरीत संस्था,फर्म दर्ता गरि सञ्चालन गर्नु गैरकानुनी  छ । 

उक्त फार्मेसीको सञ्चालकको नाम र ठेगाना उल्लेख छ जसमा तीन जना सञ्चालक रहेको देखिन्छ । जसको २ नम्बरमा सन्तोष पौडेलको नाम र ठेगाना छ सो पत्र  प्रमाणित सन्तोष पौडेलले नै गरेको देखिन्छ । सोही मितिमा अल्का फार्मेसीको बार्षिक साधारणसभा अभिलेख अध्यावधिक गरि पाउ भनी आवश्यक कागजात राखि कम्पनी रजिस्ट्रार कार्यालयको रजिस्टारको नाममा कम्पनी रजिस्ट्रार कार्यालय त्रिपुरेश्वर काठमाडौमा निवेदन दिएको छ । जसमा अध्यक्ष सन्तोष पौडेलले हस्ताक्षर गरेका छन् ।