शीर्षकहरू

आईपीओ जारी गर्दै श्री डिस्टिलरी, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

आईपीओ जारी गर्दै श्री डिस्टिलरी, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । श्री डिस्टिलरी लिमिटेडले प्राथमिक सेयर निष्कासन (आईपीओ) का लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

श्री डिस्टिलरीको  ९ लाख ६० हजार कित्ता शेयरको बिक्री प्रबन्धकमा बिहीबार प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको हो । कम्पनीको कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत आइपीओका लागि छुट्टाएको छ । 

सम्झौतामा श्री डिस्टिलरीका सञ्चालक सनत न्यौपाने र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरे । हस्ताक्षरपछि श्री डिस्टिलरीका संचालक सनत न्यौपानेले लामो समयदेखि मदिरा उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीले अब जनतालाई पनि साझेदारी बनाएर अघि बढ्न लागेको बताए ।

सम्झौतासँगै कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेस गर्ने बताइएको छ । प्रक्रिया पूरा गरी चाँडै नै कम्पनीले आईपीओ जारी गर्ने बताएको छ ।