शीर्षकहरू

साधना र सबैको लघुवित्तलाई मर्जरका लागि राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

साधना र सबैको लघुवित्तलाई मर्जरका लागि राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरेका छन् । नेपाल राष्ट्र बैंकले जेठ २९ गते यी दुई कम्पनीहरूलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । राष्ट्र बैंकले मर्जर पछि साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो । यी दुई कम्पनीबीच गत वैशाख १२ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो । 

राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत अन्तिम स्वीकृति पाएपछि कम्पनीहरू एक हुने बाटो खुला हुनेछ । यी दुई कम्पनी समान हैसिएतमा एक हुन लागेका हुन । हाल साधना लघुवित्तको चुक्तापूँजी ३८ करोड २२ लाख ५८ हजार रूपैयाँ छ भने सबैको लघुवित्तको ३१ करोड ८६ लाख रूपैयाँ छ । मर्जरपछि बन्ने कम्पनीको चुक्तापूँजी ७० करोड ८ लाख ५८ हजार रूपैयाँ कायम हुनेछ । यी दुबै कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनी हुन ।