शीर्षकहरू

यूनाइटेड मेवाखोलाले आईपीओ निष्कासन गर्ने

यूनाइटेड मेवाखोलाले आईपीओ निष्कासन गर्ने

काठमाडौं । यूनाइटेड मेवाखोला हाइड्रोपावरले सर्वसाधारणमा आईपीओ निष्कासनका लागि तयारी अघि बढाएको छ । कम्पनीले सर्वसाधारणमा जारी हुने आईपीओ निष्कासनको प्रत्याभूतिकर्तामा नागरिक लगानीकोषलाई नियुक्त गरेको छ । सर्वसाधारणमा आईपीओ निष्कासन गर्दा नविकेको खण्डमा नागरिक लगानीकोषले सम्पूर्ण शेयर सकार्ने सम्झौता गरेको हो । 

जेठ ३० गते एक कार्यक्रमका बीच कम्पनी र नागरिक लगानीकोषबीच शेयर प्रत्याभूतिका लागि सम्झौता भएको छ । नागरिक कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र कम्पनीको तर्फबाट अध्यक्ष आषिश थापाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यका १ करोड ६१ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।