शीर्षकहरू

होटल अन्नपूर्ण अब ‘मल्टिप्रपोज बिल्डिङ’ बन्ने

होटल अन्नपूर्ण अब ‘मल्टिप्रपोज बिल्डिङ’ बन्ने

काठमाडौं । काठमाडौंको दरबारमार्गमा रहेको पाँचतारे होटल डेला अन्नपूर्ण भएको क्षेत्रमा अब ‘मल्टिप्रपोज बिल्डिङ’ बन्ने भएको छ । कविल राणा र उनकी श्रीमति सृजना राणाले होटल सञ्चालन गर्न नसकेपछि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र पूर्वमन्त्री तथा उद्योगी उमेश श्रेष्ठ समूहको लगानीमा मल्टिप्रपोज बिल्डिङ बन्ने भएको हो । 

दरबारमार्गमा पाँच दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेको होटल डेला अन्नपूर्णको करिब ४४ रोपनी जग्गा उमेश श्रेष्ठ र मिनबहादुर गुरुङले नयाँ कम्पनी खडा गरेर ३५ वर्षको लागि भाडामा लिएका हुन । स्रोतका अनुसार उक्तमा ५ प्रतिशत पूर्वराजपरिवारका सदस्य  निराजन शाहका नाममा रहेको शेयर नेपाल ट्रष्टमा रहेको छ । भने पूर्वराजपरिवार श्रृती शाहको नाममा ५ प्रतिशत शेयर रहेको थियो । बाँकी ९० प्रतिशत शेयर कपिल राणा र सृजना राणाको नाममा रहेको थियो ।

अब होटल डेला अन्नपूर्णलाई मल्टिप्रपोज बिल्डिङ बनाउनका लागि खोलिएको नयाँ कम्पनीमा मीनबहादुर गुरुङको १५ प्रतिशत, उमेश श्रेष्ठको १५ प्रतिशत कविल राणा र सृजना राणाको ६० प्रतिशत र ५ प्रतिशत नेपाल ट्रष्ट र श्रृती शाह सिंहका नाममा ५ प्रतिशत शेयर उनकी छोरीको नाममा शेयर रहेको स्रोतले जनाकारी दिएको छ । 

नेपाल ट्रष्टकाे समेत शेयरधनी हुने भएकाले र कविल राणाले उक्त जग्गा भने नयाँ बन्ने कम्पनीको नाममा नरहने भनेपछि उक्त नयाँ बन्ने मल्टिप्रपोज विल्डिङले उक्त ४४ रोपनी जग्गा बैंकमा धितो भने राख्न पाउने छैनन् । 

तीन वर्षभित्रै निर्माणको काम सम्पन्न गर्ने र नयाँ बन्ने होटलको रुम क्षमता विस्तार गरेर र उक्त स्थानलाई होटल, पार्किङ स्थल, सपिङ महल, लगायतका सुविधा सम्पन्न महल बन्ने छ । हिमालयन बैंकको करिब २ अर्ब ऋण तिर्न होटलको जग्गा बेच्न खोजिएको थियो । उक्त नयाँ लगानीकर्ताले गत महिना नै हिमालनय बैंकको ऋण तिरी सकेको स्रोतले बताएको छ ।