शीर्षकहरू

मिग होल्डिङ्गसले बोलायो साधारण सभा, यस्ता छन् प्रस्तावहरु

मिग होल्डिङ्गसले बोलायो साधारण सभा, यस्ता छन् प्रस्तावहरु

काठमाडौं । मिग होल्डिङ्गस् लिमिटेडले असार २१ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । जेठ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ललितपुर पार्टी प्यालेस, सातदोबाटो, ललितपुरमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीको जारी पूँजी बृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्रको दफा ६ (ख) संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । प्रबन्धपत्र संशोधनको लागि आवश्यक कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । 

गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।