शीर्षकहरू

चिरख्वा हाइड्रोपावरको साधारण सभा असार २३ गते हुने

चिरख्वा हाइड्रोपावरको साधारण सभा असार २३ गते हुने

काठमाडौं । चिरख्वा हाइड्रोपाव लिमिटेडले असार २३ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । जेठ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले क्वालिटी बैंक्वेट, बुद्धनगर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्ने दुई सञ्चालकको निर्वाचन पनि सभाले गर्नेछ । 

कम्पनीको ठेगाना परिवर्तन र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १२ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा असार ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।