शीर्षकहरू

असार ११ गतेदेखि हकप्रद शेयर बिक्री गर्दै नेपाल लाइफ क्यापिटल

असार ११ गतेदेखि हकप्रद शेयर बिक्री गर्दै नेपाल लाइफ क्यापिटल

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले असार ११ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले गत पुस २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट हाल कायम चुक्तापूँजी २९ करोड ९९ लाख ३ हजार ६०० रूपैयाँको आधारमा ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रतिशेयर १०० रूपैयाँको दरले १४ लाख ९९ हजार ५१८ कित्ता हकप्रद साधारण शेयरको रुपमा जारी गर्ने निर्णय कम्पनीले गरेको हो । जेठ २५ गतेसम्म कायम संस्थापक शेयरधनीहरूले असार २५ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र आवेदन प्राप्त नभएमा कम्पनीको नियमावलीमा भएको व्यवस्था बमोजिम सञ्चालक समिितले तोकेको शर्त र तरिकाबाट अन्य किसिमले विक्री प्रक्रिया अघि बढाईने कम्पनीले जानकारी दिएको छ ।

हकप्रद शेयर खरीदका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडको कार्यालय कमलपोखरी, काठमाडौंमा आवेदन पेश गर्न र प्राप्त गर्न सकिने जानकारी कम्पनीले दिएको छ ।