शीर्षकहरू

युनाइटेड मेवा खोला हाइड्रोपावरले आईपीओ जारी गर्ने

युनाइटेड मेवा खोला हाइड्रोपावरले आईपीओ जारी गर्ने

काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । आईपीओ जारी गर्ने प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले असार ६ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।

जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लिबजार, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विव्रणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । आईपीओ निष्कासन गर्ने र नयाँ परियोजनामा लगानी गर्ने सम्बन्धमा समेत सभाले निर्णय गर्नेछ । 

कम्पनीको चुक्तापूँजीभन्दा बढी लिएको ऋणको अनुमोदन तथा थप ऋणको सम्बन्धमा छलफल हुने कार्यक्रम सभाका लागि तय भएको छ । पूँजी संरचना संशोधनका सम्बन्धमा आवश्यक छलफल तथा निर्णय पनि सभाले गर्नेछ ।