शीर्षकहरू

समाज लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

समाज लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफा सञ्चित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको छ । जेठ २० गते साझ ६ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकले गत आर्थिक वर्ष ३० लाख ७३ हजार ७५१ रूपैयाँ खुद नाफा भएकोमा उक्त नाफामध्ये २० प्रतिशतले हुने ६ लाख १४ हजार ७५० रूपैयाँ जगेडा कोषमा र बाँकी २४ लाख ९० हजार रूपैयाँ रिटेन अर्निङमा राख्ने निर्णय गरेको छ ।  

गत वर्ष १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्षको नाफा सञ्चित गर्ने भएको हो । हाल कम्पनीको चुक्तापूँजी २ करोड २८ लाख ५० हजार रूपैयाँ छ ।