शीर्षकहरू

काठमाडौंका विभिन्न ठाउँमा नि:शुल्क पिउने पानी [फोटोफिचर]

काठमाडौंका विभिन्न ठाउँमा नि:शुल्क पिउने पानी [फोटोफिचर]

काठमाडौं । भनिन्छ, पानी पिलाउनु धर्म हो । तर अस्तव्यस्त, देशको ठूलो, राजधानी सहर काठमाडौंमा  सार्वजनिक स्थानमा हिँड्दै गर्दा तिर्खा लाग्यो भने सहज पानी पाउने अवस्था भने छैन । कि बोतलको पानी किनेर खानुपर्छ, कि कुनै होटल रेस्टुराँ छिर्नुपर्छ ।

यही समस्यालाई मध्यनजर गरी यात्रुका लागि सहज होस् भनेर मित्र सेवा मण्डलले काठमाडौंका विभिन्न स्थानमा नि:शुल्क पिउने पानीको व्यवस्था गरेको छ । पानीको जार र घडाको व्यवस्था गरेको छ ।