काठमाडौं । सरकारले २३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ ।
विभिन्न सार्वजनिक निकायले सिफारिस गरेका ती कम्पनीहरुलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले ३० दिनभत्र लिखित स्पष्टीकरण पेस गर्न सूचना पठाएको थियो ।
तर हालसम्म पनि ती कम्पनीहरुबाट लिखित स्पष्टीकरण नआएको भन्दै कार्यालयले सूचना जारी गर्दै सात दिने स्पष्टीकरण सोधेको छ ।