शीर्षकहरू

नेपाल–चीन तिब्बत आर्थिक तथा व्यापार मेला शुरु (फोटोफिचर)

नेपाल–चीन तिब्बत आर्थिक तथा व्यापार मेला शुरु (फोटोफिचर)

काठमाडौं । १७ औँ नेपाल–चीन तिब्बत आर्थिक तथा व्यापार मेला शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि मेला शुरु भएको हो ।


नेपाल सरकार र चीनको स्वशासित क्षेत्र तिब्बतको वाणिज्य विभागबिच सन् १९९० मा सम्पन्न दुई देशका सरकारहरूको बिच भएको सम्झौता अनुसार नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतमा दुई वर्षमा आलोपालो हुने गरी आर्थिक तथा व्यापार मेला आयोजना गर्ने सम्झौता गरिएको थियो । सोही बमोजिम यस पटक नेपालमा मेला आयोजना गर्ने गरिएको हो । 


नेपाल चीन (तिब्बत) बिच दुई पक्षीय आर्थिक र व्यापारिक सम्बन्ध अझ विस्तार गर्ने मेलाको प्रमुख उद्देश्य रहेको छ । यस व्यापार मेलामा चीनको स्वशासित क्षेत्र (तिब्बत) का सरकारी प्रतिनिधिको रूपमा चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपाध्यक्ष लङ फुकुअनको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल सहित करिब १२० जना व्यापारी प्रतिनिधिहरू सहभागिता छ । 


चीनको स्वशासित क्षेत्र तिब्बतका स्टलहरूमा परम्परागत जडीबुटी, कृषिजन्य उत्पादन, आधुनिक कृषि औजार, चिया, विद्युतीय उपकरणहरू, घरायसी प्रयोगका साधनहरू, कार्पेट, पेय पदार्थ, परम्परागत हस्तकलाका सामानहरू, विद्युतीय सवारी साधन लगायत विभिन्न व्यापारिक कम्पनीहरुले छन् ।

नेपाली स्टलहरूमा जडीबुटी, सारयुक्त सुगन्धित तेल, कफी, चिया, हस्तकला÷काष्ठकला, धातुकला, कार्पेट, पश्मिना लगायतका विभिन्न कम्पनीका उत्पादनहरू प्रदर्शन गरिनेछन् ।