शीर्षकहरू

कुमारी बैंकको संस्थापक शेयर खरिद गर्ने समय थपियो

कुमारी बैंकको संस्थापक शेयर खरिद गर्ने समय थपियो

काठमाडौं । कुमारी बैंक लिमिटेडले विक्रीमा ल्याएको संस्थापक तर्फको ४ लाख ५० हजार कित्ता शेयर खरीद गर्ने अवधि थप भएको छ । वैशाख ११ गतेसम्म आवेदन पेश गर्ने गरी विक्रीमा आएको यी शेयर खरीदका लागि वैशाख १८ गतेसम्मको मिति थप भएको हो । 

बैंकले विद्यमान संस्थापक शेयरधनी तथा अन्य जो कोही व्यक्ति तथा सस्थाहरूले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । यो शेयरको मूल्य प्रतिकित्ता १०६ रूपैयाँ तोकिएको छ । 

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी वैशाख ११ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।