काठमाडौं । लगानी सम्मेलन लक्षित गरी सरकारले अध्यादेशमार्फत नौ वटा कानुन संशोधनका लागि अध्यादेश ल्याउने भएको छ । लगानी सहजीकरणका लागि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश मन्त्रीपरिषद्को सोमबारको बैठकले पारित गरी राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।
वैशाख १६ र १७ गते आयोजना गरिने लगानीसम्मेलन लक्षित गरी विभिन्न क्षेत्रका सुझावका आधारमा सरकारले मौजुदा कानुन संशोधन गरेको हो । संसद्को नियमित प्रव्रिmयाबाट कानुन बनाउन सम्भव नभएपछि सरकारले अध्यादेश सिफारिस गरेको हो ।
सरकारे भूमि ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, विद्युतीय (इलोक्ट्रोनिक) कारोबार ऐन, विशेष आर्थिक क्षेत्र ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, वन ऐन र औद्योगिक व्यवसाय ऐनका केही व्यवस्था संशोधन गरेको हो ।