शीर्षकहरू

बोगनभिलियाको सौन्दर्यले छोप्यो धोबीखोलाको दुर्गन्ध (फोटो फिचर)

बोगनभिलियाको सौन्दर्यले छोप्यो धोबीखोलाको दुर्गन्ध (फोटो फिचर)

काठमाडौँ । राजधानी सहर काठमाडौँका सडक किनारामा फुलेका फूलको प्रशंसा अहिले धेरै यात्रुहरूले गरिरहेका छन् । तर, सहरको बीच भागमा बगिरहेको धोबीखोलाको डिलमा लहराइरहेका बेगनवेली (कागज फूल) को सौन्दर्य भने धेरैको आँखा परेको छैन ।

हालै महानगरपालिकाले धोबीखोला भित्र फालिएका फोहोर र थुप्रिएको माटो निकालेपछि चरम सुख्खायाममा समेत अहिले धोबीखोला बगिरहेको छ ।

खोलामा ढल मिसाइएको कारण दुर्गन्ध भने उस्तै छ । तथापि खोला किनारमा फुलेका फूलको सुन्दरताले त्यहाँ पुग्ने हर कोहीलाई केही क्षणका लागि भए पनि त्यो दुर्गन्ध भने बिर्साइदिन्छ ।

धोबीखोलाको पहेंलोपुल देखी दक्षिण भागमा बागमतीमा नमिसिन्जेलसम्म खोला किनारमा अनेकौँ रङका फूलहरू फुलिरहेको देख्न सकिन्छ ।