शीर्षकहरू

कुमारी बैंकको नाफा २१.६० प्रतिशतले बढ्यो

कुमारी बैंकको नाफा २१.६० प्रतिशतले बढ्यो

काठमाडौं । कुमारी बैंकको नाफा २१.६० प्रतिशतले बढेको छ । आज प्रकाशित चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा अनुसार बैंकले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ। बैंकले यो त्रैमाससम्ममा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.६० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो।

 बैंकको खुद ब्याज आम्दानी १२.६७ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ६०.९० प्रतिशत र कुल सञ्चालन आम्दानी १९.१४ प्रतिशत बढेको छ।  गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ५ करोड नाफा कमाएको छ। 

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ४ अर्ब २० करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा २१ रुपैयाँ ३८ पैसा ऋणात्मक रहेको छ।