शीर्षकहरू

यसरी रंगिदैछन् काठमाडौंका पर्खालहरू (फोटोफिचर)

यसरी रंगिदैछन् काठमाडौंका पर्खालहरू (फोटोफिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाका पर्खालहरूमा विभिन्न कलात्मक चित्रहरू कोर्न थालिएको छ । सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र काेर्न थालिएको हो । 

काठमाडौं महानगरपालिकाले ललितकला प्रज्ञा प्रतिष्ठानसँग २०८० फागुन १७ गते सम्झौता गरेको थियो । स्थान अनुसारका आकृतिलाई प्राथमिकता दिइ चित्र कोर्न थालिएको छ । 

अन्तर्राष्ट्रिय विमानस्थल, बानेश्वर मीनभवन, लैनचौर, त्रिपुरेश्वर लगायत स्थानहरूमा मौलिक कला र संस्कृति झल्किने खालका आकर्षक चित्र कोरिने महानगरले जनाएको छ । अहिले सुन्धारा क्षेत्रमा चित्र बनाउने कार्य भइरहेको छ ।  

हेराैँ, तस्बिरमा