शीर्षकहरू

झन्डै तीन क्विन्टल लागु औषधसहित भारतीय नागरिक पक्राउ

झन्डै तीन क्विन्टल लागु औषधसहित भारतीय नागरिक पक्राउ

भैरहवा । नेपाल-भारत सीमा क्षेत्रबाट ठूलो परिणाममा लागु औषध पक्राउ परेको छ । आज वैशाख ४ गते मंगलबार बिहान ०३:१५ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल नं. २७ गणले करिब ३ क्विन्टल गाँजा बरामद गरेको हो ।

रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमान्डमा खटिई गएको ०५ जनाको सीमा अनुगमन टोलीले जिल्ला रुपन्देही रोहिणी गाउँपालिका वडा नं. ०१ बाट सो लागु औषध पक्रिएको हो । हुलाकी सडक खण्ड अन्तर्गत बाइपास इलाकामा सशस्त्र प्रहरी बल, नेपाल ईन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ७८ बिटी ८२९७ नम्बरको टाटा कन्टेनर चेकजाँच गर्ने क्रममा सो परिणाममा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सो प्रतिबन्धित लागु औषध सँगै भारतको पन्जाब लुधियाना घर बताउने सरदार जगतर सिंहको छोरा वर्ष ३६ को सत्नम सिंहपनि पक्राउ परेका छन् । उनले चालकको सिट माथि रहेको फल्स बटम भित्र लागु औषध गाँजा २७२.३३ के.जी. लुकाई छिपाई ल्याउँदै गरेका थिए । पक्राउ परेका उनलाई सशस्त्र प्रहरी गणमा ल्याई आवश्यक कानुनी प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।