शीर्षकहरू

नेप्सेमा १६.८२ अंकको गिरावट, २ अर्ब ७९ करोडको कारोबार

नेप्सेमा १६.८२ अंकको गिरावट, २ अर्ब ७९ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १६.८२ अंकले घटेर दुई हजार ६ दशमलव ५२ विन्दुमा बन्द भएको हो ।                                                                           

नेप्सेमा आज २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५२ वटाको बढेको छ भने १८४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।        

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा माछापुच्छ्रे बैंकको डिभेञ्चर र मेन्छियम हाइड्रोपावर लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक ७ प्रतिशतले बढेको छ ।   

आज गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र दोल्पी पावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार ङादी ग्रुप पावर लिमिटेडको भएको छ । आज यस कम्पनीको १७ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।