काठमाडौं । आयुर्वेदिक औषधीको अध्ययन, अनुसन्धान र उत्पादनको उद्देश्यसाथ २०५१ सालमा स्थापित सिंहदरबार वैद्यखाना विकास समिति ३० वर्षपछि आफैँ कोमा’ मा पुगेको छ ।करोडौँ रुपियाँ खर्चिएको औषधी उत्पादनको मेसिनमा खिया लागिरहँदा सिंहदरबार वैद्यखाना विकास समितिको कार्यालय ५० जनाभन्दा बढी कर्मचारीको जागिर खाने, दिन बिताउने’ अड्डा बनेको हो ।
व्यवस्थापकीय लापरबाही र राजनीतिक हस्तक्षेपका कारण काठमाडौँ अनामनगरस्थित सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादन बन्द हुने अवस्थामा पुगेको छ । तीन वर्षदेखि आयुर्वेदिक औषधी उत्पादनका लागि बोलपत्र आह्वान हुन सकेको छैन ।
दुई सय प्रकारका औषधी उत्पादन गर्ने क्षमतासाथ विकास र विस्तार गरिएको सिंहदरबार वैद्यखाना थलिएको छ । असोजदेखि अध्यक्षविहीनगत असोजमा समितिका अध्यक्ष वरिष्ठ आयुर्वेदिक चिकित्सक डा. बाबुराजा अमात्यको पदावधि सकिए पनि नयाँ अध्यक्ष नियुक्त गरिएको छैन । सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक डा. प्रदीप केसीले भन्नुभयो, “कुनै निर्णय गर्नका लागि बोर्ड छैन ।