शीर्षकहरू

बन्देजले रोकेन घरेलु काममा विदेश जान, जोखिम अझ बढायो

बन्देजले रोकेन घरेलु काममा विदेश जान, जोखिम अझ बढायो

काठमाडौं । वैदेशिक रोजगारमा घरेलु श्रमिकका रुपमाजान सरकारले लगाएको बन्देजले जोखिम अझ बढाएको छ । बन्देजका कारण श्रम स्वीकृतिन लिई विभिन्न माध्यम भएर रोजगारीका लागि विदेश पुगेकाहरु अझ बढी जोखिममा पर्ने गरेको तथ्याङ्कले देखिएको हो । 

वैदेशिक रोजगारमा जाने महिला श्रमिकहरुलाई सचेतना, उद्धार लगायतमा सहयोग गर्दै आएको गैरसरकारी संस्था आप्रवासी महिला कामदार समूह (आमकास) नेपालले सञ्चालन गरेको अल्पकालिन आश्रयस्थल (सेल्टर) मा आउने मध्ये ७५ प्रतिशत महिला कागजात विहिन हुने गरेको देखिएको छ । गत एक बर्षभित्र आमकास नेपालको सेल्टरमा बसेका १७२ जनामध्ये ७५ प्रतिशत कागजात विहिन थिए । यस बन्देजले निम्त्याएको जोखिम स्पष्ट हुने आमकास नेपालकी कार्यकारी निर्देशक विजया राई श्रेष्ठ बताउछिन । यसरी कागजात विहिन भएकाहरु श्रम शोषण, ज्याला ठगि, मानव तस्करी तथा शारिरीक हिंसाको जोखिममा पर्ने बढी सम्भावना हुने गरेको श्रेष्ठको भनाई छ ।
 
त्यसरी फर्केर आएकामध्ये आधाभन्दा बढी कुवेतबाट फर्केर आएकाहरु रहेका छन् । सेल्टरमा आएका १७२ जना महिलामध्ये ४० प्रतिशतलाई आकस्मिक स्वास्थ्य सेवा तथा कानुनी सेवाप्रदान गरिएको आमकास नेपालले जनाएको छ । फर्केर आएकाहरुमध्ये केहि व्यक्ति मेनपावर कम्पनीमार्फत वैदेशिक रोजगारमा गएकाहरु थिए । उनीहरुलाई कुल ४ लाख १० हजार रुपैँया सम्वन्धित मेनपावर कम्पनीबाट फिर्ता गराइएको आमकास नेपालले जनाएको छ । सेल्टरमा आएकामध्ये १४ जनालाई कुवेत, ओमन र युएईबाट उद्धार गरिएको सस्थाले दावी गरेको छ । 
 
आकर्षक तलव सुविधा उपलव्ध गराइने आश्वासनमा मानव तस्करले नेपाल ल्याएकी युगाण्डाकी एक महिलालाई आमकास नेपालले उद्धार गरी स्वदेश फर्काएको छ । ती महिलालाई यौन व्यवसायमा जवर्जस्ती लगाउने उद्देश्यले मानव तस्करले नेपाल ल्याइपु¥र्याएको संस्थाको भनाइ छ । धम्कीका वावजूद ती महिला भागेर गुहार माग्दै आमकास नेपालको सम्पर्कमा आइपुगेकी थिइन् । उनलाई सुरक्षित आवास गृहमा राखेर सम्वन्धित निकायसँगको समन्वयमा स्वदेश फिर्ता गरिएको हो । ती महिलालाई नेपाल ल्याउने एक महिला पक्राउ परेकी छन् । त्यसरी यौन व्यवसायमा लगाउने उद्देश्यले युगाण्डाबाट नेपाल ल्याउने मानव तस्कर विरुद्ध मानव बेचविखन अनुसन्धान व्यूरोमा उजुरी दर्ता भएको छ ।
 

रसुवा घर भएकी २९वर्षिय एक महिला घरेलु काम गरेर कमाउने उद्देश्यले कुवेत पुगिन् । तर, कुवेत पुगेपछि उनलाई जानकारी नै नदिई साउदी अरब पु¥र्याइयो ।तर त्यहाँ उनी शारिरीक हिंसा खेप्न बाध्य भइन् । ठूलो संघर्ष पश्चात उनी नेपाल फर्किन सफल भइन् । उनी अनियमित बाटो भएर रोजगारीका लागि विदेश जानु परेका कारण उनलाई फसाउने व्यक्तिलाई कारवाहीको दायरामा भने ल्याएको छैन ।