काठमाडौं । नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग आयो जनाको सुरुङ खन्न आठ मिटर मात्र बाँकी छ । अहिले दैनिक सरदर एक मिटरका दरले सुरुङ खन्ने काम भइरहेको छ तर कहिले छिचो लिने भन्ने तय भने भएको छैन ।
आयो जनाले फागुन २३ गते सुरुङ छिचोल्ने लक्ष्य लिएको थियो । १४ मिटर खन्न बाँकी रहेको अवस्थामा स्थानीयको अवरोधका कारण गत फागुन ६ गतेदेखि काम रा किएको थियो । यही चै त ६ गतेदेखि पुनः सुरु खन्ने काम सुरु भएको हो । नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग आयो जनाका इन्जिनियर रमेश कोइरालाले अहिले दैनिक करिब एक मिटर जति सुरुङ खन्ने काम भइरहेको र कुनै बाधा अवरोध नभए केही दिनभित्रै सुरुङ खन्ने काम सम्पन्न हुन सक्ने बताउनुभयो ।
इन्जिनियर कोइरालाले सुरुङ खन्ने काम तीव्र गतिमा भइरहे पनि सुरुङ छिचोल्न केही दिन ढिला हुन सक्ने बताउनुभयो । उहाँका अनुसार निर्माण कम्पनी हाजामा आन्डो कर्पोरेसनका आयो जना प्रमुख केनइची इनोई अहिले जापानमा रहेकाले उहाँ नेपाल फर्केपछि मात्र सुरुङ छिचोल्ने कार्यव्रmम तय गरिने छ ।