शीर्षकहरू

काठमाडौंमा फागु रौनक (फोटोफिचर)

काठमाडौंमा फागु रौनक (फोटोफिचर)

काठमाडौंमा फागु रौनक (फोटोफिचर)

काठमाडौं । वि.सं. २०८० को फागु पर्व काठमाडौंमा धुमधाम मनाइएको छ। संघीय राजधानीका मुख्य सडक र दरबार क्षेत्रहरूमा हजारौं नागरिक र विदेशी पर्यटकहरूले समेत रङहरूको पर्व उल्लासपूर्ण मनाएका हुन्‌।

फागु पूर्णिमा भोलि (१२ गते) भए पनि पहाडमा अघिल्लो दिन नै होली मनाइन्छ। भोलि चाहिँ तराई क्षेत्रमा रङहरूको यही पर्वलाई होलीका नाममा मनाइन्छ। 

हिन्दू संस्कृति अनुसार फागु पर्वको इतिहास त्रेता युग सँग जोडिएको छ। त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लाद (हिरण्यकश्यपुका पुत्र)लाई आफ्नै बहिनी (प्रल्हादकी फुपु) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आफैँ आगोमा भष्म भएकी र बिष्णु भक्त प्रल्हादलाई केही नभएको सम्झनामा फागु (होली) पर्व मनाउन थालिएको मानिन्छ।

फागुन शुक्ल पूर्णिमाका नेपाल, भारत लगायत हिन्दु बाहुल्य समुदाय तथा पछिल्ला वर्षहरूमा नेपाली र भारतीय डायस्पोरामा समेत धुमधामसँग फागु पर्व मनाउने गरिन्छ।

नेपालको राजधानी काठमाडौंस्थित बसन्तपुर दरबार क्षेत्रमा मनाइएको फागु पर्वका केही तस्वीहरूः