शीर्षकहरू

‘ह्याप्पी होली’का कपडाले रङ्गियो काठमाडौंको बजार (फोटोफिचर)

‘ह्याप्पी होली’का कपडाले रङ्गियो काठमाडौंको बजार (फोटोफिचर)

काठमाडौं । फागु पूर्णिमा अर्थात् रङहरूको पर्व होली आउन दुई दिन बाँकी छ । होली नजिकिएसँगै काठमाडौंका बजार ‘ह्याप्पी होली’ लेखिएको कपडाले रङ्गिएका हुन् । 

कपडा पसलदेखि मोबाइल मर्मत सेन्टरहरूमा समेत होलीका टिसर्ट बिक्रीमा राखिएको देखिन्छ ।  

अधिकांश पसलहरूमा होलीका टिसर्ट, कुर्थाहरू झुन्ड्याइएका छन् । सडकमा कलरहरू बिक्रीमा राखिएका छन् ।  

पछिल्लो समय युवा पुस्ताको समूहले होली खेल्दा होलीको शुभकामना लेखेका कपडाहरू लगाउने गरेका छन् । जसले गर्दा होलीका कपडाहरूको व्यापार राम्रो रहेको व्यापारीहरू बताउँछन् ।  

होलीका लागि वसन्तपुरमा ध्वजापताकाले सिँगारिएको तीन छत्रे चीर ठड्याइसकिएको छ । यससँगै देशभर होलीको सुरुवात भएको छ ।