शीर्षकहरू

भृकुटीमण्डपमा फ्लोरा एक्स्पो शुरु (फोटोफिचर)

भृकुटीमण्डपमा फ्लोरा एक्स्पो शुरु (फोटोफिचर)

काठमाडौं । पुष्प व्यवसायीहरूको छाता संस्था फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान)को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा फ्लोरा एक्स्पो २०८० (पुष्प मेला) शुरु भएको छ। फ्यानले २५औं संस्करणको फ्लोरा एक्स्पो आयोजना गरेको हो।

उक्त एक्स्पो बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री राजेन्द्रमान श्रेष्ठले उद्धघाटन गरेका हुन् । चार दिनसम्म चल्ने एक्स्पोमा कम्तिमा एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान छ। यस वर्षको एक्स्पोमा ५० हजार अवलोकनकर्ता आउने आयोजकले जनाएको छ । 

एशोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक सिताराम पन्तका अनुसार एक्स्पोमा ६० वटा व्यवसायिक स्टल, ३ वटा ल्याण्डस्केपिङ स्टल, ८ वटा अफिसियल स्टल र अन्य गरी ७३ स्टल रहेका छन् । 

मेलामा सहभागी पुष्प व्यवसायीहरूले उत्पादन गरेका फूलबिरुवाहरूलाई विभिन्न विधामा प्रतिष्पर्धा गराइने र प्रथम तथा उत्कृष्ट हुने व्यवसायीलाई नगद, सिल्ड र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ।