शीर्षकहरू

कुमारी बैंकको ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ८ हजार ७८० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले सुगन्ध श्रेष्ठको नाममा रहेको उक्त कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । 

यसअघि विद्यमान संस्थापक शेयरधनीहरूलाई जारी गर्दा बिक्री हुन नसकेको यो शेयर दोस्रो चरणमा सर्वसाधारणमा जारी गरेको हो । इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रारको कार्यालय नक्साल काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

यो शेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने बैंकले जानकारी दिएको छ ।