काठमाडौं । स्याङ्जाको फेदीखोला गाउँपालिका–१, साल्मे डाँडा रामकोटमा निर्माणाधीन गोर्खा स्मारकको निर्माणको गति सुस्त छ । गोर्खा स्मार क ट्रस् टमार्फत विभिन्न पाँच वटा परियोजना रहेको बृहत् यो जना निर्माण २०७० सालदे खि सुरु भएको हो । सन् १८१४ देखिका लडाइँ तथा प्रथम र दोस्रो विश्वयुद्धमा वीर गति प्राप्त गरेका वीर गोर्खालीको पुस्तौँसम्म स्मरण गराउने उद्देश्यले स्मार कसहितको बृहत् यो जना अगाडि बढाइएको हो ।
निर्माण सुरु भएको १० वर्ष हुँदा बल्ल पहिलो चरणको समाधिस्थल निर्माणको काम अन्तिम चरणमा पुगे को छ । समाधिस् थल प्रवे श गर्ने स् थानमा गो लार्ध बनाइएको छ । भुइँमा ब्लक र ढुङ्गा बिछ्याइएको छ । चारै तर्फ पर्खाल निर्माण कार्य भइरहेको छ । गोरखा समाधि निर्माण गरि एको छ । सुविधा सम्पन्न शौ चालय र आवास निर्माण गरि एको छ । सहयो गीका नाम ले ख्न टावर समे त निर्माण गरि एको छ । निर्माण गरि एको समाधिस् थल अपाङ्गमै त्रीसमे त छ । ट्रस्टका महासचिव डा. चन्द्रबहादुर गुरुङले पानीको फोहरा जडान र गोर्खा राइफल सैनिकको मूर्ति राख्न बाँकी रहे को बताउनुभयो ।
समाधिस्थलमा भारत स्वतन्त्र हुनुपूर्व सन् १९४७ अघि सैन्य पोसाक लगाएका गोर्खा राइफल सै निकका मूर्ति राखिने छ । प्रथम र द्वितीय विश्वयुद्धलगायत अन्य क्षेत्रीय युद्धमा मारिएका एक लाख नेपालीको समाधि बनाउन पनि बाँकी छ । उहाँले प्रथम विश्वयुद्धमा मारिएका २० हजार र द्वितीय विश्वयुद्धमा मारि एका २३ हजार जनाको नाम सङ्कलन भइसके को र अन्यको नाम सङ्कलन कार्य धमाधम भइरहेको बताउनुभयो । गोर्खाली सेना र इस्ट इन्डिया कम्पनी सेनाबिच गोर्खा राज्य विस्तार का व्रmममा मारिएकाको पनि यहाँको शिलाले खमा नाम कुँदिने छ ।